November 6, 2026, 2:11 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

महेन्द्रबहादुर शाहीलाई समर्थन गर्न पार्टी प्रवेशको लर्को

फाल्गुन १७, २०८२ मा प्रकाशित | ३१००४ दर्शक तीव्रखबर

कालिकोट / तिलागुफा नगरपालिका वडा नं. ८ मा विभिन्न पार्टी परित्याग गरी महेन्द्रबहादुर शाहीको पक्षमा नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरूको ठूलो लहर देखियो।

प्रदेशका पहिलो मुख्यमन्त्रीका रूपमा शाहीले चुनौतीपूर्ण अवस्था र सीमित स्रोतसाधनबीच स्थिर र विकासमुखी नेतृत्व प्रस्तुत गर्नुभएको छ। यही कारण जनतामा उहाँप्रतिको विश्वास लगातार बढिरहेको छ।

कर्णालीका जनता ‘आफ्नो पीडा बुझ्ने, माटोसँग नजिकको नेता’ खोज्छन्। पुरानो राजनीतिक पहिचान त्यागेर शाहीसँग उभिने स्थानीय नेता र कार्यकर्ताहरूको निर्णय केवल दलगत नभई विश्वासको स्पष्ट संकेत हो।

पार्टी प्रवेश गर्ने नेताहरूमा बिच्छी सार्की, जैसिंगे सार्की, धनराज बि.क., हिरामणी सार्की, नयता लोहार, रुपा लोहार, सुनिता नेपाली, अजुने लोहार, कल्चु चदारा, दलजिते सार्की, जयकला सार्की, कली लोहार, नौले लोहार, कटक ब. शाही, नरिमाने सार्की, पदम नेपाली, धिर सार्की लगायतको उल्लेखनीय सहभागिता रहेको छ।

यसैगरि नेकपा बहुमतका निवर्तमान केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य सुनिता वमले पुरानो पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’ चिन्हमा मतदान गर्ने निर्णय गरेकी छिन्।

फेसबुकमा लामो भावनात्मक स्टाटसमा उनले लेखिन्, “लामो समयदेखि हृदयभित्र दबाएको मौनतालाई आज पूर्णविराम दिएको छु। पुनः पार्टी सदस्यता नवीकरण गरी सपनालाई जीवित राख्ने यात्रा निरन्तरता दिनेछु।”

सुनिता वमले आफ्नो २४ वर्ष लामो जनयुद्ध यात्रा सम्झँदै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र निरन्तरतामा योगदान गर्ने दृढ अठोट व्यक्त गरिन्। उनले आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूलाई प्रत्यक्षतर्फ महेन्द्रबहादुर शाही र समानुपातिकतर्फ गंगा खड्का बोगटीलाई मतदान गर्न अपिल गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *