November 7, 2026, 5:01 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण, फिर्ता ल्याउन माग

कार्तिक १९, २०८२ मा प्रकाशित | १८८०४ दर्शक तीव्रखबर

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसको करिब तीन सय बिघा जग्गा अतिक्रमण भएको छ।

विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार २०६२ सालमा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा प्रदान गरेको थियो। तर अहिले क्याम्पसले जम्मा ८० बिघा मात्र भोगचलन गर्न पाएको छ भने बाँकी तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण गरिएको छ।

उपकुलपति पन्तले अतिक्रमित जग्गा फिर्ता गर्नका लागि विश्वविद्यालयले पटक–पटक सङ्घ र प्रदेश सरकारसँग आग्रह गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको बताउनुभयो।

हालै विश्वविद्यालयको कार्यकारी परिषद्ले बैठक बसेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

पन्तका अनुसार विश्वविद्यालयको जग्गा अतिक्रमणमा विभिन्न राजनीतिक दलका निकट समूहहरूको संरक्षण भएकाले समस्या समाधान गर्न कठिनाइ भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *