November 18, 2026, 11:07 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

यस्तो छ बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको आठ दिनको कमाई

अशोज २२, २०८२ मा प्रकाशित | १६००४ दर्शक तीव्रखबर

काठमाडौं । असोज १३ गते दशैँको अवसरमा प्रदर्शनमा आएका तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ का पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएका छन् । चलचित्र विकास बोर्डले तीनवटै फिल्मको आठ दिनको ग्रस कमाई बुधबार सार्वजनिक गरेको हो।

रिपोर्ट अनुसार, फिल्म ‘बलिदान’ ले सबैभन्दा बढी ३ करोड ७५ लाख ५३ हजार २५१ को ग्रस कमाई गरेको छ। अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १६० को ग्रस कमाई गरेको छ। यस्तै, ‘माइतीघर’ ले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६९२ को ग्रस कमाई गरेको छ।

कुल मिलाएर, तीनवटै फिल्मले आठ दिनमा ९ करोड १० लाख ८८ हजार १०३ ग्रस कमाई गरेका छन्, जुन एक सकारात्मक संकेत हो चलचित्र उद्योगको लागि।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *