November 7, 2026, 4:29 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

देशभर बदली, मधेशसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

भदौ २६, २०८२ मा प्रकाशित | १६१०४ दर्शक तीव्रखबर

काठमाडौँ,  – मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थान वरपर र पश्चिमी भागमा सरदरभन्दा केही उत्तरतिर सक्रिय रहेको जनाएको छ। यसका कारण देशभर साधारणतया बदलीको अवस्था देखिएको छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोसमेत देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तथा केही तराई क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ।

मौसम विभागले आगामी २४ घण्टाका लागि मधेशसहित अन्य चार प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

सार्वजनिक सुरक्षा र तयारीलाई ध्यानमा राख्दै महाशाखाले पछिल्लो मौसमी जानकारी नियमितरूपमा अपडेट गर्दै सवै सरोकारवाला र सर्वसाधारणलाई सजग रहन अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *