तीव्रखबर
काठमाडौं । सडक विभाग, बबरमहलमा रहेको पुस्तकालय पुनः सञ्चालनमा आएको छ। विभागका महानिर्देशक बिजय जैसीको पहल र कर्मचारीहरूको सक्रियतामा लामो समयदेखि अव्यवस्थित अवस्थामा रहेको पुस्तकालयलाई फेरि सञ्चालनमा ल्याइएको हो।
२०७२ सालको महाभूकम्पका कारण छरिएर रहेका पुस्तकहरूलाई संकलन गरी पुस्तकालयमा सुरक्षित राखिएको विभागले जनाएको छ। पुस्तकालय पुनःसञ्चालनसँगै विभागले आफ्ना कर्मचारी तथा सरोकारवालाहरुलाई पुस्तकालयलाई अझ सशक्त बनाउन स्वेच्छिक रूपमा पुस्तकहरू उपलब्ध गराउन आग्रह गरेको छ।
विभागका अनुसार पुस्तकालयले कर्मचारी तथा सरोकारवालालाई अध्ययन, अनुसन्धान, सूचना र शैक्षिक गतिविधिमा सहजता दिनेछ। यसले विभागीय कामको दक्षता र गुणस्तर वृद्धि गर्न पनि टेवा पुर्याउने विश्वास लिइएको विभागले जनाएको छ।
प्रतिक्रिया