November 18, 2026, 11:06 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

‘पार्वती’ मा दीपाश्रीको इन्ट्री, नीताको निर्देशनमा माघ १ मा आउँदै नयाँ फिल्म

साउन २८, २०८२ मा प्रकाशित | १७००४ दर्शक तीव्रखबर

काठमाडौं – अभिनेत्री नीता ढुंगाना निर्देशित नयाँ फिल्म ‘पार्वती’ मा अभिनेत्री दीपाश्री निरौला पनि अनुबन्धित भएकी छन्। नीताले दीपाश्रीसँग औपचारिक रूपमा लिखित सम्झौता गरेकी हुन्।

नीता आफैं मुख्य भूमिकामा देखिने यस फिल्ममा ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन्। फिल्मको छायांकन आगामी असोज महिनाबाट सुरु हुने जनाइएको छ।

गत शनिबार सार्वजनिक दुई पोस्टरसहित निर्माताहरूले फिल्मको प्रदर्शन मिति माघ १ गतेका लागि घोषणा गरेका छन्।

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने ‘पार्वती’ को कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकनको जिम्मेवारी भारतीय छायाँकार कवीर लाल र शाहिद लालले लिनेछन्। कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’ मा पनि काम गरिसकेका छन्।

फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *