तीव्रखबर
दाङ / सडक डिभिजन कार्यालय दाङले चालू आर्थिक वर्ष २०८२/८३ मा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत दाङ र सल्यान जिल्लाका ७ वटा वैकल्पिक सडक योजनामा ३/३ करोड रुपैयाँको दरले बजेट विनियोजन गरेको छ। यी सबै योजनाहरू बजेट उपशीर्षक ३३७०११६९-४ बाट संचालित हुने भएका छन् ।
डिभिजन कार्यालयका अनुसार यी योजनाहरू राष्ट्रिय राजमार्ग अन्तर्गत नपरे पनि भौगोलिक पहुँच, क्षेत्रीय आवश्यकताका कारण वैकल्पिक र सहायक मार्गको रूपमा महत्वपूर्ण छन्। डिभिजनका प्राविधिक कर्मचारीहरू लागत अनुमानका लागि फिल्डमा खटिइसकेका छन् भने छिट्टै बोलपत्र आह्वानको सूचना सार्वजनिक गरिने तयारी भइरहेको छ ।
बजेट विनियोजन भएका ७ सडक योजनाहरू यसप्रकार छन्:
१. अमेलिया–तुलसीपुर सडक स्तरोन्नति (पश्चिम उरहरी डबरा नमूना टोलदेखि सुकौरा जोड्ने खण्ड) – तुलसीपुर उपमहानगरपालिका–११
२. बबई–जुरपनिया–बालापुर–प्रतापकोट सडक – दङ्गीशरण गाउँपालिका, दाङ–सल्यान
३. घोराही हापुर आँखा अस्पताल–हापुरे सडक – तुलसीपुर, दाङ
४. जलकुण्डी–बाघखोर–मानपुर–बिजौरी–दहवन–रोल्पा सडक स्तरोन्नति
५. सल्यान–कालिमाटी–काल्चे सडक खण्ड – दाङ–सुर्खेत वैकल्पिक मार्ग
६. घोराही–तुलसीपुर दामोदर खण्ड – वैकल्पिक सहायक सडक
७. खलङ्गा–मार्के–कालिमाटी–घुइयावारी–कोहलपुर सडक
डिभिजन प्रमुख इ. दिपेन्द्र बहादुर बिष्टका अनुसार, “यी योजनाहरूले दुर्गम क्षेत्रलाई राजमार्गसँग जोड्न सहयोग गर्नेछ र क्षेत्रीय विकासमा ठोस टेवा पुग्नेछ।” योजनाहरू चाँडै ठेक्का प्रक्रियामा प्रवेश गराउने तयारी भइरहेको जनाइएको छ।
स्थानीय जनप्रतिनिधिहरूले समेत यी सडक योजनालाई दीर्घकालीन दृष्टिले महत्वपूर्ण मान्दै छिटो कार्यान्वयनमा जोड दिएका छन्। सडक सञ्जाल सुदृढीकरणमार्फत दाङ–सल्यान–रोल्पा–सुर्खेत क्षेत्रलाई आपसी सम्बन्ध र आवतजावत सहज बनाउने अपेक्षा गरिए
डाङ-सल्यानका ७ वैकल्पिक सडक योजनामा ३/३ करोड बजेट विनियोजन, छिटै बोलपत्र आह्वान हुने
सडक डिभिजन कार्यालय दाङले चालू आर्थिक वर्ष २०८२/८३ मा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत दाङ र सल्यान जिल्लाका ७ वटा वैकल्पिक सडक योजनामा ३/३ करोड रुपैयाँको दरले बजेट विनियोजन गरेको छ। यी सबै योजनाहरू बजेट उपशीर्षक ३३७०११६९-४ बाट संचालित हुने भएका छन्।
डिभिजन प्रमुख इ. बिष्टका अनुसार, “यी योजनाहरूले दुर्गम क्षेत्रलाई राजमार्गसँग जोड्न सहयोग गर्नेछ र क्षेत्रीय विकासमा ठोस टेवा पुग्नेछ।” योजनाहरू चाँडै ठेक्का प्रक्रियामा प्रवेश गराउने तयारी भइरहेको जनाइएको छ।
स्थानीय जनप्रतिनिधिहरूले समेत यी सडक योजनालाई दीर्घकालीन दृष्टिले महत्वपूर्ण मान्दै छिटो कार्यान्वयनमा जोड दिएका छन्। सडक सञ्जाल सुदृढीकरणमार्फत दाङ–सल्यान–रोल्पा–सुर्खेत क्षेत्रलाई आपसी सम्बन्ध र आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ।
👉 थप अपडेटका लागि हाम्राे साइट हेर्नुहाेस्: www.tibrakhabar.com
प्रतिक्रिया