November 18, 2026, 11:06 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

‘माग्ने राजा’को टिजर सार्वजनिक, केदार घिमिरे मुख्य भूमिकामा पहिलोपटक

असार १८, २०८२ मा प्रकाशित | १८००४ दर्शक तीव्रखबर

काठमाडौँ, नेपाल – चर्चित कलाकार केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। कमेडी र सामाजिक सन्देश मिसिएको झलक दिने टिजरले दर्शकको उत्सुकता बढाएको छ।

फिल्ममा घिमिरेले आफ्नो करियरमा पहिलो पटक मुख्य भूमिका निभाएका छन्। हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) फिल्ममा उनको भान्जाको भूमिकामा देखिँदैछन्। त्यस्तै, वर्षा सिवाकोटी र शिशिर वाङ्देलले पनि फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन्।

ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मका प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् भने निर्माता मधुसुदन शर्मा रहेका छन्।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सिनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। टिजर साहिल खानले तयार गरेका हुन्।

‘माग्ने राजा’ भदौ ६ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *