November 20, 2026, 1:11 pm
» मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? » निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली » इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु » जुवातास खेलिरहेका २५ जना पक्राउ » भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत

शान्तिश्री परियार र शिवम् भण्डारीको ‘राख मनैमा’ सार्वजनिक

बैशाख २५, २०८२ मा प्रकाशित | १३००४ दर्शक तीव्रखबर

काठमाडौं । शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ ।

दिवस नाथ र शिवमको शब्द रचना, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना विश्वकर्मा र दिवसलाई नै फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन एवं कलरिङ छ । भिडियो दिवसको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आफूले माया गरेको मान्छेलाई मनैमा राख्न आग्रह गरिएको छ । लोकल टिपिकल शब्द रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि राम्रो बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता/दर्शकमाझ ल्याएका छौ सबैले मन पराइदिनुहुनेमा आशावादी छौ’, दिवसले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *