खाने तेलको मूल्यमा अत्याधिक बृद्धि : सरकार बन्यो रमीते

- March 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौँ । अस्थिर सरकारको मौका छोप्दै सरकारी कर्मचारीकै मिलिमतोमा व्यवसायी तथा उद्योगीले अत्याबश्यक बस्तुको मुल्यमा अत्याधिक रुपले बृद्धि गरेका छन् ।

सरकारी निकायबाट चाडपर्वको समयमा मात्र गरिने बजार अनुगमन र सो अनुगमनबाट कुनै पनि कारबाही नगरेकै कारण व्यवसायी तथा उद्योगीले आफुखुशी खाद्यबस्तु देखि अत्याबश्यक बस्तुको मुल्यमा भारीमात्रामा बृद्धि गर्दै आएका छन् । एकातर्फ ठूलो मात्रामा राजश्व, कर छली गर्दै सरकारी ढुकुटीबाट सहुलियत लिदै आएका व्यवसायी तथा उद्योगीहरुले पछिल्लो राजनीतिक घटनाक्रमको फाईदा उठाउदै खाने तेलको मुल्य भारीमात्रामा बढाएपनि सरकारले सो बारे कुनै चासो दिएको छैन ।

नेपाली बजारमा पाइने विभिन्न नामका खाने तेलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँसम्मको नयाँ स्टीकर टाँसेर बजार पठाई उपभोक्ता ठगी गरिदै आएको छ । स्थानीय तोरीको तेलको मयमय ४ सय रुपैयाँभन्दा माथिको मुल्य राखेर बिक्री हुदै आएको छ । हिउँदे वर्षा नहुँदा तेलहन बालीमा त्यसको ठुलो असर परेसंगै बजारमा खाने तेलको मागमा बृद्धि हुने देखेपछि व्यवसायी तथा उद्योगीले आफुखुशी मुल्य बृद्धि गरेको भेटिएको छ । भने अर्कोतर्फ युक्रेन रुससँग युद्धलाई देखाउदै नेपाली व्यवापारीहरुले मुल्य बृद्धि गर्दै आएका छन् ।

कोरोना महामारीबाटै उपभोक्ताहरु रोजगारी र आम्दानी दुवै गुमाएपनि अझै सम्म भरपर्दाे आयस्रोत पाएका छैनन । यस्तो बेला सरकारले दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धिलाई नियन्त्रण गर्नु पर्नेमा सो तर्फ कुनै ध्यान नदिएपछि त्यसको फाईदा व्यापारी तथा उद्योगीले उठाउदै आएका छन् ।

सरकार भने व्यापारीहरुले मनोमानि रुपमा उपभोक्ताको ढाड सेक्नेगरि मुल्य बढाईरहँदा पनि चुपचाप बसेको छ । महामारीलाई मौका बनाउँदै कालोबजारी गर्दै आएका ठूला माफिया व्यापारीप्रति सरकार नरम मात्रै छैन, उनीहरुको गलत धन्दामाथि मौन समेत बसेको छ । पछिल्लो केहि दिनयता खानेतेलमा मनोमानी रुपमा मल्य बढाइएपनि सो बारे कुनै चासो देखाएको छैन । उपभोक्ताले दैनिक उपभोग गर्ने खाने तेलको मुल्यमा रहस्यमी बृद्धि भएको बताएका छन् ।

एक साता यता खाने तेलको मुल्यमा भारीमात्रामा बृद्धि गरिएको छ । थोक व्यापारीहरुका अनुसार एक कार्टोन खाने तेलको मुल्य ३ सयदेखि ५ सय रुपैयाँसम्म बढाइएको बताएका छन् । यसरी आफुखुशी मुल्यबृद्धि गर्नेको पहिलो सूचीमा केएल दुगड समुह रहेको छ । सो समुहले उत्पादन गरेको धारा हेल्थ सनफ्लावर तेलमा प्रतिलिटर ५५ रुपैयाँसम्म बृद्धि गरेको बताइएको छ । अमृत सोयाबिन तेल र धारा तोरीको तेलमा पनि ५० रुपैयाँसम्म बढाईएको छ ।

सोयाबिन र तोरीको तेलको मुल्यमा पनि चर्को रुपमा बढाइएको छ । मोतिलाल दुगडको स्वामित्व रहेको के एल दुगड समुहले उत्पादन गरेको धारा, सनफ्लावर लगायत तेलको गुणस्तरियतामाथि समेत पटक पटक प्रश्न समेत उठ्ने गरेपनि सरकारले सो बारे छानविन समेत गर्ने आँट गरेको छैन । यसरी सरकारी कर्मचारी र उद्योगीहरुको भित्री साँठगाँठमा खुलेआम गोदाममा भएका तेलको मुल्य बृद्धि गरि उपभोक्ता ठगी गर्दा समेत सो बारे छानविन भने सरकारले गर्न सकेको छैन ।

र यो पनि

मुल्यबृद्धि नियन्त्रण बाहिर : पुरानोमै नयाँ मूल्यको स्टिकर टाँसेर मंहगोमा बिक्री

खाने तेलमा २८ प्रतिशतले मुल्यबृद्धि हुदाँ पनि सरकार मौन

प्रधानमन्त्रीका विश्वासपात्र मोती दुगडले बढाए दैनिक तेलको मुल्य

खाने तेलको मूल्य बृद्धिमा सरकारी कर्मचारीकै संलग्नता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!