रेडक्रस सोसाईटी ग्याल्थुम उपशाखाको सभापतिमा खिलप्रसाद लामिछाने चयन

- April 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ग्याल्थुम (सिन्धुपाल्चोक) नेपाल रेडक्रस सोसाईटी ग्याल्थुम उपशाखाको ८ औं वार्षिक साधारण सभाबाट सभापतिमा खिलप्रसाद लामिछानेलाई चयन गरेको छ । भने अन्य पदमा उपसभापति लक्ष्मी सुनार, कोषाध्यक्ष श्याम सुन्दर लामिछाने, उपकोषाध्यक्ष उमेश ज्योती, सचिव बोधविक्रम पण्डित, सह—सचिव झलकप्रसाद लामिछाने, सदस्यहरु सिता क्षेत्री लामिछाने, योगबहादुर पण्डित, खामसुङ लामा, आसाराम तामाङ, कृष्णबहादुर थापा निर्वाचित भएको निर्वाचन अधिकृत नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यलय प्रमुख भरतप्रसाद कोईरालाले जानकारी दिएका छन् ।

उनका अनुसार लोकतन्त्र दिवसको अवसरमा ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको संयुक्त आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । हेलम्बु गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी ग्याल्थुम उपशाखाको आयोजनामा हिमालयन लघुबित्त बित्तिय संस्था र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेलम्बु शाखाको सहकार्यमा सो रक्तादान कार्याक्रम आयोजना भएको बताइएको छ ।

नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाको प्राबिधिक सहयोगमा आयोजित खुला रक्तदान कार्यक्रममा हेलम्बु गाउँ पालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, प्रमुख प्रशाकिय अधिकृत राजु भाइ श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठ , नेपाल रेड्क्रस सोसाइटि जिल्ला शाखा सदस्य नारायण गिरी, नेपाल रेड्क्रस सोसाइटी ग्याल्थुम उपशाखाका सभापति खिलप्रसाद लामिछाने लगाएत २८ जनाले रक्तादान गरेको जनाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!