प्रधानमन्त्रीका विश्वासपात्र मोती दुगडले बढाए दैनिक तेलको मुल्य

- May 15, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा फैलिएको कोरोना सक्रमण र सरकारले लगाएको निषेधाज्ञाको मौका छोप्दै गुणस्तहिन खानेतेल लगायत अन्य बस्तुको मुल्य प्रायः दैनिक रुपमा बृद्धि हुदै गएको छ । सो अबैधधन्दामा प्रधानमन्त्री केपी ओलीका विश्वसिलो पात्रका रुपमा रहेका व्यापारी मोती दुगडले शक्तिकै आँडमा अत्याधिकामात्रामा तेलको मुल्य बृद्धि गरि उपभोक्ता ठगी गर्दा समेत सरकारी निकायको ध्यान अझै सम्म गएको छैन । होलसेल बिक्रेताले खुद्रा व्यापारीलाई सामाननै कम उत्पादन भएको र बजारको मागलाई धान्न नसकेन भन्दै स्टक रहेको सामानको मुल्य बृद्धि गरि ठगी हुदै आएको छ । उपभोक्ता भने बिक्रेताले भनेको मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य भएका छन् ।

सरकारले निश्चित समयसम्म मात्र खाद्य तथा तरकारी बजार खुला गर्न दिएपछि सो अबधिमा सामान किन्नेहरुले उत्पादन मिति र मुल्य समेत हेर्न नभ्याउने भएपछि सोही मौका छोप्दै उपभोग्य मिति सकिएको बस्तु समेत मंहगो मुल्यमा बिक्री गरेको पाईएको छ । सो अबैधधन्दामा अहिलो दुगड गु्रप र चौधरी ग्रुप पहिलो सूचीमा परेका छन् । विभिन्न समयमा भारतबाट आयात गरेको गुणस्तहिन खाद्यबस्तुलाई नयाँ उत्पादन मितिको स्टिकर टाँसी अहिले खुला रुपमा बिक्री गर्न बजार पठाएको समेत भेटिएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा उद्योगपतिहरुले बर्र्षैदेखि गोदाममा थु्रप्रिएर बसेका सामान समेत बिक्रीकालागि बजार पठाएको जनाएको छ । ठूला व्यापारी र होलसेलले आफूखुसी मूल्य तोकेर ती नै गुणस्तहिन सामान खुद्रा व्यापारीलाई दिएर बिक्री गर्न समेत लगाई उपभोक्ताको स्वास्थ्यसंग व्यापारीहरुले खेलवाड समेत गर्दै आएका छन् ।

यसरी दैनिक रुपमा खाने तेल, चिनी, चामल, चिया, दाल र गेडागुडीमा मूल्य वृद्धि भएको छ । पछिल्लो समय खानी तेल सनफ्लावर, सूर्यमूखी, भटमास र तोरीको तेलमा निरन्तर मूल्य वृद्धि भइरहेको छ । पछिल्लो पटक लकडाउन सुरु भएपछि पनि तेलको मुल्यमा भारी रुपमा व्यापारीले मूल्य वृद्धि गरेका छन । विभिन्न खाने तेलको मूल्य प्रतिलिटर १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म रहेकोमा अहिले त्यही तेलको मूल्य वृद्धि भएर २ सय २० देखि २ सय ६० रुपैयाँसम्म पु्¥याएर बिक्री गरेका छन ।  धारा तोरीको तेल र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० बाट मूल्य वृद्धि भएर २ सय ६० पुगेको छ । भटमासको तेल प्रतिलिटर २ सय ३० बाट मूल्य वृद्धि भई २ सय ५० पुगेको छ ।

निषेधाज्ञा सुरु भएपछि ८० देखि ८५ रुपैयाँ मूल्यको चिनी अहिले ९० देखि १ सय रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएका छ । विभिन्न ब्राण्डको चामल प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । चियाको पनि मूल्य आकासिएको छ । विभिन्न ब्राण्डका चियापत्ती प्रतिकेजी ३ सय देखि ३ सय ५० रुपैयाँ रहेकोमा अहिले प्रतिकेजी ५ सय देखि ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । सो सम्बन्धमा  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाइ भने यो महामारीमा समेत बजार अनुगमन गरि रहेको र सो बारे पनि अनुसन्धान भैइ रहेको तयारी जवाफ दिएर पन्छिदै आएका छ । विभागले अहिले खाद्यान्न र स्वास्थ्य सामग्रीको समेतको नियमित अनुगमन गरिरहेको जनाएको छ । विश्व बजारमा नै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएकोले नेपालमा खाने तेलको मूल्य वृद्धि भन्दै व्यापारीकै पक्षपोषण गर्दै विभाग आई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!