खाने तेलको मूल्य बृद्धिमा सरकारी कर्मचारीकै संलग्नता

- September 5, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै उद्योगीले आफुखुशी रातारात बृद्धि गरेको खाने तेलको मुल्य नियन्त्रण बाहिर गएको छ । सरकार परिवर्तनसंगै शक्ति केन्द्रको रवाफ देखाउदै केही व्यवसायी र उद्योगीहरुको योजनामा भएको खानेतेलको मुल्यबृद्धिमा सरकारी निकायकै कर्मचारीको समेत संलग्नता रहेको पाईएको छ छ । तीव्रखबर मिडिया ग्रुपद्वारा गरिएको बजार अनुगमनका आधारमा शक्ति केन्द्रमा रहेका व्यापारी र उद्योगीहरुको अबैध साँठगाँठ गरि कारबाही गर्नुपर्ने सरकारी निकायकै कर्मचारीसंगको मिलिमतोमा खानेतेलको अत्याधिक मुल्य निर्धारण गरेको पाइएको छ ।

विभाग कारबाहीको नाममा अनुगमन गर्ने भन्दै उन्मुक्ति

भुतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन रहेको सरकारको समयमा तत्कालिन मन्त्री मोती दुगडले स्टकमा रहेको खानेतेल लगायत अन्य खाद्यबस्तुको मुल्य बृद्धि गरि बिक्री गरेका थिए । त्यस समयमा समेत कारबाही गर्ने सरकारी निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै कर्मचारीको योजना अनुसार विदेशमा कच्चा पदार्थको मुल्य बृद्धि भएकाले तेलको मुल्य बृद्धि भएको भन्दै उद्योगीलाई उन्मुक्ती दिएको थियो ।

सोही नजिरका आधारमा अहिले नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा समाजबादीमा आबद्ध भएका केही उद्योगीलाई साथमा लिएर पुराना उद्योगीहरुले पुनः खानेतेलको मुल्य बृद्धि गरेको पाइएको छ ।  खाने तेलको मूल्य १ सय प्रतिशतदेखि १५० प्रतिशत सम्मले बृद्धि गरेका छन् । ब्राण्ड र बजार हेरेर अहिले उपभोक्ताले भान्छामा बढी प्रयोग हुँदै आएका सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भट्टमास) को तेलको मूल्यमा प्रति लिटर १ सय ५० रुपैयाँभन्दा बढी मूल्य बढाएर बिक्रीकालागि पुरानै मितिमा उत्पादन भएका तेल बजार पठाइएको छ ।

बजार विश्लेषक तथा सरकारी निकायकै केही अधिकारीहरुले मूल्यमा सामान्य उतारचढाव आएपनि स्वीकारेपनि सो सामान्य भएको भन्दै अभिव्यक्ती दिदै आएका छन् । यसबाट के पुष्टी हुन्छ भने सो मुल्यबृद्धिमा सरकारी कर्मचारीकै हात रहेको छ । सातामै प्रतिलिटर १ सय ५० रुपैयाँभन्दा बढीले मुल्यबृद्धि गरिदा समेत सरकारी निकायका अधिकारीहरुले भने यति ठूलो अन्तर नआएको भन्दै उद्योगीको बचाउ गर्नुलाई अहिले शंकाको दृष्टीले हेरिएको छ ।

गत बर्षको भदौ महिनादेखि प्रतिदिन खानेतेलको मूल्य अचाक्ली बढेर हाल प्रतिलिटर ३ सय १५ रुपैयाँसम्ममा खुद्रा बजारमा बिक्री भएका छन् । तर, वाणिज्य विभाग उद्योगीहरुका अगाडि नतमस्तक हुदै सामान्य मुल्यबृद्धि भएको भन्दै आएको छ । सो अबैध कार्यमा सरकारी कर्मचारी र उपभोक्ता अधिकारकर्मीहरुसमेतले मुल्यबृद्धिमा आँखा चिम्लीएर बसेका छन् ।

सकारी कर्मचारीकै योजनामा मूल्यवृद्धिले नेपाली संर्वसाधारणको भान्सामा समस्या श्रृजना गरेपनि यो अवधिमा सरकार भने उद्योगीले जे भन्छन त्यही नै प्रतिक्रिया दिदैं आएको छ । उद्योगीहरुले डिलहरहरुलाई नै तेलको मूल्य बढाएर बेचेपछि बजारमा तेल महँगो भएको सम्बन्धितहरु व्यापारीहरुले बताएका छन् । गत बर्षको भदौ महिनादेखि तेलको मूल्य लगातार बढिरहेको छ । तर सो बृद्धिका सम्बन्धमा विभाग भने अनुगमन र कारबाही गर्ने विषयमा भने मौन बसेको छ ।

गत बर्षदेखि नै उद्योगीसँग छलफल गर्ने र स्पष्टीकरण सोधी रहेको बताउदै आएपनि अन्त्यमा सो भनाई विभागको झुटो सावित भइको छ ।  गत बर्षको भदौ महिनादेखि प्रतिदिन खानेतेलको मूल्य अचाक्ली बढेर हाल प्रतिलिटर ३ सय १५ रुपैयाँसम्ममा खुद्रा बजारमा बिक्री भएका छन् । तर, वाणिज्य विभाग उद्योगीहरुका अगाडि नतमस्तक हुदै सामान्य मुल्यबृद्धि भएको भन्दै आएको छ । सो अबैध कार्यमा सरकारी कर्मचारी र उपभोक्ता अधिकारकर्मीहरुसमेतले मुल्यबृद्धिमा आँखा चिम्लीएर बसेका छन् ।

उद्योगीहरुले लगातार तेलको मूल्य बढाएर बजारमा पठाउँदै आएको छ तर विभागका कर्मचारीले भने साना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही गरेको विवरण सार्वजनिक गर्दै आएको छ । उता उद्योगीलाई बचाउदै विभागले खुद्रा व्यापारीमाथी मंहगोमा तेल बिक्री गरेको आरोपमा नियन्त्रणमा लिई जरिवना गर्दै आएको छ । वाणिज्य विभागका कर्मचारीले मुल्य बृद्धि गर्ने उद्योग र उद्योगीलाई कुनै अनुगमन र अनुसन्धान नगरि तीनै उद्योगीहरुले बढाएर पठाएको सामान बिक्री गर्ने साना तथा खुद्रा व्यवसायीहरुले कारबाहीको भागिदार हुदै आएका छन् । ठूला उद्योगीहरुले उपभोक्तासँग अर्बौै लुटदै आएका छन् ।

भने उता सरकारी निकायले साना खुद्रा व्यापारीमाथी कारबाही गर्दै आउदाँ ठूला उद्योगीहरुको मनोबल बढ्दै आएको समेत पाईएको छ । उद्योगीहरुले लगातार तेलको मूल्य बढाउँदा मौन बसेको वाणिज्य विभागले भने औपचारीकता देखाउनकै लागि अनुगमन गरेर अबैधधन्दा गरि कालाबजारी गर्ने उद्योगीलाई भने छुटकारा दिदै आएको छ । जसमा विभिन्न देशमा कच्चा तेलको मूल्य बढेपछि र कोरोनाका कारण ढुवानीमा अवरोध पैदा भएपछि खानेतेलको मूल्य बढेको भन्दै उद्योगीले दिएको बयानलाईमात्र आधार बनाएर उन्मुक्ति सरकारले उद्योगीलाई दिदै आएकाले उपभोक्ता भने कृत्रिम मुल्यबृद्धिका मारमा परेका छन् । नेपालमा हालसम्म २२ वटा तेल उद्योग दर्ता भएका छन् ।

त्यसमध्ये २ वटा निर्माणाधिन छन । विभागले खानेतेल उत्पादक उद्योगीहरुलाई खानेतेलको मूल्य बढ्नुको कारणबारे केही स्पष्टीकरण सोधेको जनाएपनि सो देखाउकैलागि मात्र सोधेको पाइएको छ । भने कारबाही अहिलेसम्म खासै उद्योगीमाथी भएको छैन । यसअघि वाणिज्य विभागले केही तेल उद्योगीहरुलाई बोलाएर छलफल गरेको भने पनि उद्योगीले दिएको बयानलाई मात्र आधार बनाई मुल्यबृद्धि हुनु स्वाभाविक भएको प्रतिकृया विभागका प्रबक्ता शिवराज सेढाईले दिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!