फुटवेयर म्यानुफ्याक्चर्सका विरुद्ध व्यवसायी : जुत्ता कम्पनीले नै मेला लगाएपछि खुद्रा व्यापारीको रोइलो

- August 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्वदेशी उत्पादनको प्रबद्र्धन र आम उपभोक्तालाई स्वदेशी उत्पादनको प्रयोग गर्न गराउन भन्दै लगाउने मेलामाथी व्यवसायीबाटै चौतर्फी रुपमा विरोध सुरु भएको छ । भृकुटीमण्डपको चौरमा लगाउदै आएको बाह्रमासे मेलाकै कारण लाखौ रुपैयाँ भाडा तिरेर जुत्ताचप्पल बिक्री गर्दै आएका व्यवसायीबाटै सो मेला गर्न पूर्णरुपमा रोकिनु पर्ने माग गरेका छन् ।

चाबहिलका एक जुत्ताचप्पल व्यवसायीले नाम गोप्य राख्ने गरि तीव्रखबरको भेटमा भने,‘हामी नेपाली जुत्ताचप्पलमात्र बिक्री गर्ने गराउने भनेर लाखौ रुपैयाँ भाडा तिरेर उनीहरुले नै उत्पादन गरेका सामान राखेका छौ, तर कम्पनीले नै जहिले पनि मेला लगाएर व्यवसायी नै मारमा पर्दै आएका छौ, यो मेला गर्नुभन्दा नगर्दा उपयुक्त हुने छ ।’

यसरी कम्पनीले नै भारी छुट दिने भन्दै लगाएको मेलाकै कारण अघिपछि पनि जुत्ताचप्पलको मुल्यमा उपभोक्ताबाट विवाद हुने गुनासो व्यवसायीले गरेका छन् । अर्का व्यवसायीले भने,‘मेलामा ५० देखि ७० प्रतिशतको छुटमा जुत्ताचप्पल दिएको थियो, त्यही कम्पनी त्यही ब्राण्डको सामान पसलमा चाही किन मंहगो भन्दै विवाद समेत उपभोक्ताहरुले गर्ने गरेका कारण स्वदेशी जुत्ताचप्पल बेच्न नै रोक्नु पर्ने अबस्था आयो ।’

यसरी मेलाकै कारण स्वदेशी जुत्ताचप्पलमाथी उपभोक्ताले गरेका विश्वास समेत विस्तारै हट्दै गएको स्वय्म जुत्ताचप्पल उद्योगीहरुले नै स्वीकारेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालकै महासचिब ज्ञानेन्द्र दाहालले समेत मेलामा उद्योगीहरुको समेत चासो कम हुदै गएको बताएका छन् ।

महासचिब दाहालले भने,‘विस्तारै भृकुटीमण्डपमा लाग्दै आएको मेलालाई कम गर्दै शुन्यमै लैजानु पर्छ भन्ने मान्यता हाम्रो रहेको छ, संघको विधानमै भए अनुसार वर्षमा २ पटक मेला लगाउने तर त्यसको पनि समयअबधि मिलाउनु पर्ने देखिएको छ, त्यो हामी मिलाएर अगाडी बढ्ने छौ ।’

यसरी मेलामा मात्रा संघको ध्यान गएपछि विभिन्न बैठकमै पदाधिकारीहरुले मेलालाई कम गर्दै बजारबाट सामान बिक्री वितरण गर्ने गराउनेतर्फ विशेष ध्यान दिनु पर्ने बताउदै आएका थिए । तर, कार्यसमितिको बहुमतले मेला तत्कालै गर्ने गराउने भन्दै ‘पाँचौं जुत्ताचप्पल व्यापार मेला–२०७९’ भृकुटीमण्डपमा जारी रहेको छ ।

अधिल्ला बर्ष हुदै आएको सोही मेलामा १३ वटा सम्म कम्पनीहरुको सहभागीता हुने गरेको थियो र अहिले भै रहेको मेलामा जुत्ताचप्पल उत्पादक कम्पनीमध्ये १० वटामा मात्रको सहभागीतामा सिमित हुन पुगेको छ । सो मेलामा १० देखि ५० प्रतिशतसम्म छुट दिने भन्दै प्रचार गरिदै आएको छ ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन

जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

जुत्ताचप्पल मेला : स्वदेशी जुत्ताचप्पलमा उपभोक्ताको चासो !


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!