जुत्ताचप्पल मेला : स्वदेशी जुत्ताचप्पलमा उपभोक्ताको चासो !

- August 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विदेशबाट आयात हुदै आएका मंहगा जुत्ताचप्पललाई विस्तापित गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्न सहज होस भन्दै लाग्ने गरेको मेलामा उपभोक्ताहरुको चासो बढ्दै गएको छ । यसैबीच, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौं जुत्ताचप्पल व्यापार मेला आइतबारदेखि शुरू भएसंगै उपभोक्ताहरुको सहभागीतामा पनि दैनिक रुपमा बढ्दै गएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी पाँचौं व्यापार प्रवद्र्धन मेला भदौ २० गतेसम्म चल्ने सो मेलाका संयोजक सुरज बञ्जाडेले बताए । मेला संयोजक बन्जाडेका अनुसार विदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको मुख्य उदेश्य रहेको दाबी गरे ।

मेलामा ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलव्ध गराउदै आएको उनले बताए । स्मरण रहोस्  सो मेलामा नेपाली जुत्ता कम्पनीमध्येका १० वटा कम्पनीको मात्र सहभागीता रहेको छ । तर, आयोजकले सो मेलामा सहभागी नै नभएको विदेशबाट आयाति कमसल जुत्ताचप्पलको समेत स्टल दिएर उपभोक्तामाथीको विश्वासमाथि कुठाराघात समेत गरेको गुनासो उपभोक्ताहरुले गरेका छन् ।

र यो पनि

पचास प्रतिशत छुटमा जुत्ताचप्पल बेच्दा बास्तविक मुल्य कति ?


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!