पचास प्रतिशत छुटमा जुत्ताचप्पल बेच्दा बास्तविक मुल्य कति ?

- August 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको चौर प्राय केही न केहीको मेला तथा प्रर्दशनी हुदै आएको छ । सो मेला तथा प्रदर्शनका बीच सवैभन्दा बढी लाग्ने गरेको मेला हो जुत्ताचप्पलको । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गराउने विदेशी आयातलाई रोक्ने भन्दै बाह्रैमहिना लाग्दै आएको जुत्ताचप्पल मेला पछिललो समयमा ठिक भने झै उल्टो हुदै गएको छ ।

स्थापनाकालदेखि उत्पादन भएका तर बिक्री नभएका जुत्ताचप्पलाई मेला आयोजना गरेर बिक्रीमा राख्दै आएका उद्योगीहरुले ५० प्रतिशतदेखि ७० प्रतिशत सम्मको छुट दिनेभन्दै उपभोक्तालाई आर्कषण गरि रहदाँ ति जुत्ताचप्पलको बास्तविक मुल्य कति पर्ने हो भन्ने अहिले चौतफी बहस सुरु भएको छ ।

भने यसैक्रममा दसैंलाई लक्षित गरि आयोजना भएको जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेलामा पनि सोही छुट दिने भन्दै प्रचार गरिदै आएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको पाँचौं व्यापार प्रवद्र्धन मेलामा पनि उपभोक्ताहरुलाई आकर्षण गर्न सो छुटको प्रचार गरिएको छ ।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेला आयोजना गरेको बताएपनि भित्र उदेश्य भनेको बिक्री नभएका जुत्ताचप्पल आफ्नो मुल्यमा बेच्ने नै रहेको देखिएको छ । यस अघिका मेलामै भएका अशोभाविक प्रतिस्पर्धाबाटै सो कुरा खुलेको छ ।

अहिले सो एसोसिएसनका अध्यक्ष रहेका छन् नानीराज घिमिरे । घिमिरे अध्यक्ष भएपछिको यो दोस्रो मेला हो । नेपाली उत्पादनलाई माया गर्दै उपभोक्ताहरुले खरिद गर्ने र माग समेत बृद्धि भएपछि त्यसको परिपुर्ति गर्न माग अनुसारको उत्पादन गर्न नसकेपछि अहिले भारतबाट चोरी पैठारी भई आएका जुत्ताचप्पलहरु स्वदेशी उत्पादनको नाममा बिक्री समेत गरिदै आएको आरोप लागेको छ ।

भने मेलामा राखिएका स्वदेशी जुत्ताचप्पलकै अबलोकन गर्दा पनि भारत र चीनबाट नेपाल भित्रिएका जुत्ताहरुमा नेपाली उत्पादनको लोगो लगाएर राखिएको आरोप लाग्दै आएपनि सो हटाउने तर्फ भने नेपाली उद्योगीहरुले चाहेका छैनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट