शक्तिशाली कर्मचारी सँधै मालदार अड्डामा

- May 5, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले हालै २८ सहसचिवको सरुवा गर्दा शक्ति, पैसा र पदका पछि दौडिने गरेका एक सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकामै खटाएको छ ।

जागिरे जीवनका साढे १ दशक स्थानीय तहमै बसेर तर मारेका विरेन्द्रदेव भारती ललितपुर महानगरपालिकाबाट भरतपुर महानगरपालिकामा डेरा सरेका छन् ।

स्थानीय तहबाट गृहमा जम्प हान्न खोजेका भारतीको सपना साकार हुन नसकेपछि उनी पुन स्थानीय तहमै सरुवा भएका बताइन्छ ।

कुनै समय गृह प्रशासनमा दैलेखीको दबदबा थियो । एकै पटक दैलेखका ९ जना प्रमुख जिल्ला अधिकारी भए । उनकै जिल्लाबासी घनश्याम उपाध्यायहरु अहिले सचिवका रुपमा श्रम मन्त्रालयमा भित्रिएका छन् । यी अपाङ्ग कोटाबाट लाभ उठाउने कर्मचारी हुन ।

हातको सानो औला गुमेको छ,त्यही पनि अपाङ्ग कोटाबाट निजामतीमा फड्को मारेर काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै बाग्मती प्रदेशको सचिवबाट उनी श्रममा भित्रिएका हुन ।

आफ्ना जिल्लाबासी सहसचिव गोविन्द रिजाललाई त्यही भित्र्याएका छन् ।

कुनै समय गृह प्रशासनमा हालिमुहाली जमाएका दैलेखी छविलाल रिजाल,खगेन्द्र प्रसाद रिजाल,नवराज पाण्डेहरु गृह प्रशासनबाट तितर बितर भएका छन् ।

काँग्रेसी अर्थ मन्त्री भएका मौकामा गृहबाट आन्तरिक राजश्व पुगेका नवराज जैसी कप्रका हाकिम छन् तर शिवलाल तिवारी त्यहाँ पुगेपछि टिक्न नसकेर रुवावासी शुरु भएको छ ।

भए भरका साथी सर्कल प्रमुख जिल्ला अधिकारी बनेसँगै भारतीलाई पनि प्रमुख जिल्ला अधिकारी बन्न नखोजेका होइनन् तर सकेनन् ।

भारती २०७८ असोजमा सातौं नम्बरमा सहसचिवमा बढुवा भएका थिए । त्यसपछि उनी कांग्रेसका नेताको जोडबलमा बुटवल उपमहानगरपालिको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए ।

बुटवलमा रहँदा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तात्कालीन गृह मन्त्री बालकृष्ण खाण र नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भनेको काम खुरूखुरू गरिदिएर उनीहरूसँग राम्रो सम्बन्ध गाँसेका थिए ।

०५५ सालमा कृषि विकास बैंक डोल्पा उपशाखाबाट जागिर खाएका भारती ५६ सालमा उनले निजामती सेवा शाखा अधिकृतमा नाम निकालेको बताइन्छ ।

२०६६ मा उनी उपसचिवमा बढुवा भएका हुन् । त्यसयता उनी सँधै अतिरिक्त आम्दानी हुने मालदार कार्यालय बाहेक अन्यन्त्र सेर काम गर्नु परेको छैन । कुसापानी ७ हाल भैरवी गाउँपालिका–७ स्थायी घर भएका उनी टोखाका जमिन्दार हुन ।

भरतपुरबाट बुटवल नगरपालिकामा सरूवा हुनु अघि भारतीले गोरखाको पालुङ्टार,ललितपुरको गोदावरी, काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरिसकेका थिए ।

उपसचिव रहेकै बखत उनी वैदेशिक रोजगार कार्यालय ताहाचलको कार्यालय प्रमुख भएर अतिरिक्त आम्दानी गर्न सफल भएका कर्मचारीहरु बताउछन् ।

उनी तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय विकास अधिकारी भएर पनि काम गरिसकेका हुन् ।

ललितपुरमा चिरीबाबु महर्जनसँग ९ महिना मात्र काम गरेका उनी त्यहाँबाट भरतपुर महानगरपालिकामा सरुवा भएका हुन ।

उसो त निजामतीमा भारतीजस्ता मालदार ठाउँमा बस्ने अतिरिक्त आर्जन गर्ने,नेताहरु खुसी पारेर कारवाहीबाट बच्ने कर्मचारीहरुको बोलबोला छ ।

जस्तो सेबन्तक पोखरेल,पूर्व उपप्रधानमन्त्री तथा एमालेका नेताहरुले काखी च्यापेका पोखरेललाई कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन ।

नेताहरुकै आड र भरोसा पाएका उनलाई सरकारले खटाएको ठाउँमा जानै मान्दैनन्,बरु सरुवा नै उल्टाइदिने अतिरिक्त शक्ति र क्षमता भएका व्यक्ति हुन उनी, तामाकोशी सन्देशमा खबर छ ।

भन्सार विभागका शोभाकान्त पौडेलसँग बसेर काम गरे । प्रकाशशरण महत चिढिएका कारण उनलाई त्यहाँबाट सरुवा गरेर मधेश प्रदेश खटाए । सरुवा नै उल्टाए ।

अर्थ मन्त्रालयमा तानेर त्रिभुवन विमानस्थल प्रमुख भन्सार प्रशासकका रुपमा खटायो । एक दिन हाजिर गरेर त्यो ठाँउमै टेकेनन् ।

सोझा मानिएका महेश बराल बलिको बोका बन्ने गरी त्यहाँ पुगेका छन् । निजामती वृत्तमा चतुर खेलाडी मानिएका सेवन्तकले ‘माथिसम्मै मिलाएर’ आन्तरिक राजश्वमा हाजिर हुन थालेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!