फटकशिला माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दंगाल निर्वाचित

- May 4, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १३ स्थित श्री फटकशिला मा.वि.को अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुर्नगठन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष श्रीराम घोरासाइनी, नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगाल, पुर्व वि.व्य.स.अध्यक्षहरु, समावसेजी, बुद्धिजिवि, शिक्षासेवी, प्र.अ. हरिप्रसाद पौडेल, शिक्षक वर्गहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु एवं अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ. हरिप्रसाद पौडेलले विद्यालयको शैक्षिक प्रतिफलको विषयमा चर्चा गर्दै भने –सोचे अनुसारको नतिजा निकाल्न नसकेकोमा हामी चिन्तित छौ । हाम्रा विद्यार्थीहरु फेल हुँदा हामी फेल भएका छौ, अभिभावक फेल भएका छन् भन्दै चिन्ता व्यक्त गरे । उनले भने विद्यार्थीको पढाईको विषयमा घरमा अभिभावकले पनि विशेष चासो रख्नु पर्छ भन्दै आफ्ना छोरा छोरीको पढाईको अवस्थाको बारेमा बेला बेलामा स्कुलमै आएर निगरानी राख्नु पर्ने बताए ।

त्यसैगरी उनले वि.व्य.स.अध्यक्षमा शिवराम दंगालको कार्यकाल अहिले सम्मकै उत्कृष्ट रहेको भन्दै खुसी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगालले आफ्नो मन्तव्य राख्ने क्रममा तिन वर्षे कार्यकालमा भएका कार्यहरुको चर्चा गर्दै भने – विद्यालयको रङरोगन, विद्यालयसम्म पुग्ने बाटोको ढलान, पक्की ट्वाइलेट, ग्राउनमा इन्टरलक, कर्मचारीहरुलाई सु–व्यवस्थित गर्न इ–हाजिरी सिस्टम जडान लगाएतका थुप्रै कार्य गरेको उल्लेख गरे ।

त्यसैगरी उनले आफ्नो पहुँचले भ्याएसम्म आगामी दिनहरुमा पनि विद्यालयको वृद्धि विकासमा सधै लागि रहने प्रण गरे । फटकशिला मा.वि.को अभिभावक भेलाले विद्यायलयव्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुर्नगठन गरेको छ । नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समिति द्धारा स्थानिय शिक्षा ऐन अनुसार निर्वाचित हुनु भएका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल र सदस्यहरुमा प्रशिका तामाङ, सुविन दनुवार, विनोद दनुवार रहेका छन् ।

त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा बलराम दनुवार र सदस्यहरुमा बेली दनुवार,समिता दनुवार निर्वाचित भएका छन् । नगर शिक्षाका प्रतिनिधिश्रोत व्यक्ति सुनिल कुमार भण्डारीले नव निर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना दिदै उनले भने विद्यार्थीको शैक्षिक विकासमा शिक्षक वर्ग, विद्यार्थी, अभिभावक र व्यवस्थापन टिम सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए। विद्यालय व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष शम्भु प्रसाद दंगालले सामुदायिक विद्यालयको शैक्षिक अवस्था नाजुक रहेको उल्लेख गरे ।

फटकशिला मा.वि. को शैक्षिक नतिजा लाई हेर्दा झनै ओरालो लाग्दै गएकाले यसलाई सुधार्न शिक्षक वर्गहरुकै बढि जिम्मेवारी र दायित्व हुनुु पर्ने बताए ।भौतिक पुर्वाधारमा सहज भएपनि शैक्षिक प्रगतीमा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले भने – विद्यालयको शैक्षिक स्तर प्रति विद्यार्थी अभिभावकहरुले विश्वास गर्न लायक बनाउनु पर्नेमा जोड दिए । विद्यालयको शैक्षिक प्रतिफल राम्रो नआएसम्म समुदाय बाटै विश्वास गुम्दै जाने खतरा रहेको उल्लेख गर्दै त्यसलाई चिर्न शिक्षक वर्गले नै थप मेहनत गर्नुुपर्नेउल्लेख गरे ।

त्यस्तै यस विद्यालयमा हाल तिन सय विद्यार्थीहरु रहेकोमा ८० प्रतिशत सिमान्तकृत जनजाती विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन । उनिहरुका लागि शैक्षिक समाग्रीहरु सहयोगको अवश्याकता रहेको छ । त्यस्तैविद्यालयलमा पुस्तकालय, आइटिसि व्यवस्थापन, व्यवस्थित खानेपानी, घेराबार र चिल्डेन पार्क हरित विद्यालय निर्माणको लागि सरोकार वाला निकाय एवं सेवामुखी विभिन्न संघ सस्थाहरुलाई सहयोगको निम्ति विद्यालयको तर्फबाट अपिल गरिएको छ । त्यस्तै विद्यार्थीकै खाजा कार्यक्रमबाट भान्सेको व्यवस्थापन गर्दै आएकोले, त्यसलाई व्यवस्थित बनाउन एकजना भान्सेको लागि स्रोतको कुनै व्यवस्था नभएको हुदा यसमा पनि सम्बन्धीत निकायको ध्यानाकर्षण होस भन्ने विद्यालयले अपेक्षा गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!