जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

- August 25, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित गरि काठमाडौंको भृकुटीमण्डपमा प्रायःगरि जुत्ताचप्पलको मेला लागीरहेको हुन्छ । जुनजुन संस्थाको नाममा मेला लागेपनि त्यहाँ नेपाली उत्पादनको नाम दिदै लाग्दै आएको बाह्रमासे मेलाभित्र भने चोरीपैठारी भै नेपाल भित्रिएका जुत्ताचप्पलहरुलाई नेपाली उत्पादन भएको भन्दै भ्रामक प्रचार गरेर उपभोक्तामाथी ठगी गर्दै आएको समेत आरोप लागेको छ ।

हालै लागि रहेको जुत्ताचप्पल मेलामा पनि स्वदेशी नाम दिएर विदेशी जुत्ताचप्पलहरुलाई अत्याधिक महंगोमा बिक्री गरेको गुनासो तीव्रखबर डटकममा उपभोक्ताहरुले गर्नेक्रममा तीव्रता आएको छ । सो गुनासो आएपछि तीव्रखबरबाट खटिएको टोलीले भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा अनुगमन रिर्पाेटिङ गर्दा सो भित्र भारतबाट चोरीपैठारी गरि नेपाल भित्रिएका जुत्ताचप्पलहरुको खुलेआम बिक्री हुदै आएको भेटिएको छ ।

पाँचौ दशैं व्यापार प्रवद्र्धन मेला २०७९ नाम दिएर जारी रहेको सो मेलाको कुना अर्थात शुल्याण्ड चप्पलको स्टलसंगै ‘बेल्लीज’ नामक कम्पनीबाट उत्पादन भएको ‘लेडिज चप्पल’ को स्टल राखी खुलेआम अबैध रुपमा भित्रिएका जुत्ताचप्पल बिक्री हुदै आएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सो मेलामा जम्मा १० वटा नेपाली कम्पनीहरुको सहभागीता रहेको भन्दै बाहिर जानकारी सहितको बोर्ड राखिएपनि भित्र भने विना दर्ता र चोरीपैठारी हुदै आएका भन्सार छलीका जुत्ताचप्पलहरु समेत राखेर उपभोक्तामाथी ठगी गरेको भेटिएको छ ।

सो सम्बन्धमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराम घिमिरेले भने,‘त्यो कम्पनी नेपालमै दर्ता भएको भनेर आएको थियो, हामीले कागजात प्रमाणपत्र हेरेका छैन, यदी दर्ता नभएको र सिधै आयात गरेको प्रमाणित भए कारबाही गर्ने छौ ।’ सो मेलामा बेस फुटवेयर इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग प्रालि, लालीगुँरास फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल प्रालि, पवित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रालि, सम्राट शुज प्रालि, नमस्ते फुटवेयर प्रालिमात्र आधिकारीक रुपमा मेलामा सहभागी रहेका छन् । तर सो बेल्लीजजस्ता अनेक नाम गरेको कम्पनी सहभागी भएको भेटिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!