नेपाल चेम्बरको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

- April 23, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको पुर्वअध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका रुपमा रहेका छन् ।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय रहदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट