बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन

- May 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्वदेशी उत्पादनको नाम दिदै बाह्रै महिना जुत्ताचप्पल मेला गरिदै आएकोमा त्यस्तो कार्य तत्काल रोक्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालले सम्बन्धित आयोजकलाई निर्देशन दिएको छ । सो एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै यस्ता बाह्रमासे मेलाबाट उपभोक्तामा अविश्वास हुने र त्यसको असर उद्योग तथा व्यवसायीलाई समेत पर्ने भएकाले तोकिएको समयमा मात्र मेला तथा प्रर्दशनी गर्नु गराउन भनेको छ ।

सो सस्थाका अनुसार स्वदेशी उत्पादनको प्रवद्र्घन गर्न आम उपभोक्ताहरुको बिचमा आफ्ना उत्पादनहरु परिचित गराउने, उपभोक्ताहरुको सुभmाव र प्रतिक्रिया प्राप्त गर्दै आफ्ना उत्पादनलाई अझ परिस्कृत गर्दै लैजान स्वदेशी उत्पादनको प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गरिदै आएकोमा त्यसैलाई आधार मानेर बाह्रैमहिना मेला गर्नु उचित नभएको समेत जनाएको छ ।

आफ्ना उत्पादनहरुलाई सोझै उपभोक्ताहरु बिचमा पु¥याई स्वदेशी उत्पादन प्रति उपभोक्तको रुची जगाउन तथा विविध कारणले आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा आर्थिक गतिविधि चलायमान बनाउन पनि विभिन्न प्रकारका मेला तथा बिजेनश एक्पो फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालले आयोजना गर्दै आएको र सोही आयोजनामा सवै व्यवसायीहरु सहभागी हुन समेत आग्रह गरेका छ । तर स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन हुने जुत्ता मेलाको सन्दर्भमा यो एशोसिएसनको सधैं विमती रहेको समेत जनाएको छ ।

उद्योगी व्यवसायीहरुको हित र स्वदेशी उत्पादनको प्रवद्र्घनको निमित्त संघकै आयोजनामा काठमाडौं उपत्यकामा वर्षमा २ पटक सबै उद्योगीहरुलाई समेटेर बिजेनश एक्पो १ पटक अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना गरि बाह्रै महिना संचालन हुने भृकुटीमण्डपको मेलालाई निरुत्साहीत गर्न पटकपटकको छलफल पश्चात एशोसिएसनका सदस्यहरु सहमत भई एशोसिएसनले वैधानिक व्यवस्था समेत गरि सोही अनुरुप कार्यान्वयन समेत हुदै आएकोमा सहमती विपरीत केही उद्योगी व्यवसायीहरुले पुनः जुत्ता मेला संचालन गरेको प्रतिएशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

बाह्रै महिना पसलको रुपमा संचालन गरिने यस्ता मेलाले औद्योगिक प्रदर्शनीलाई खल्लो बनाउने त छदैछ, प्रदर्शनीको पार्किङ्गको रुपमामात्र भाडामा दिन् पर्ने गेट निरको ठाँउलाई सामान बिक्रीवितरण गर्ने गरि भृकुटीमण्डप संचालन कार्यालयले भाडामा दिइएकाले स्वच्छ व्यावसायिक वातावरणमा असर पर्न गइरहेको ठहर समेत संस्थाको रहेको जनाएको छ ।

५ वटा कम्पनी मिलेर बाह्रै महिना मेला त्यो पनि बजारको रुपमा लगाउने र त्यसमा पनि केही कम्पनीले विदेशी ब्राण्डका सस्ता जुत्ता बिक्रि वितरण गर्ने हुनाले संघ त्यस्ता गतिविधिमाथि खेद प्रकट गरेको छ । यस्ता खाले मेला प्रति एशोसिएसनको कुनै संलग्नता नभएको र बाह्रै महिना मेला संचालन हुँदा स्वदेशी उत्पादनको लोकप्रियतामा समेत आँच आउने भएकोले यस्ता गतिविधिमा संलग्न नहुन एशोसिएसनले व्यवसायीहरुलाई अपिल गरेको छ ।

संघका सदस्यहरुबाट नै सहमती विपरित हुने गरेका यस्ता गतिविधि प्रति संघले आवश्यक प्रकृया अगाडी बढाउने व्यहोरा समेत विज्ञप्तीमार्फत जानकारी गराएको छ । संघको आधिकारीक व्यवस्थामा संचालन हुने मेला महोत्सव बाहेक अन्य मेलामा बिक्रीवितरण गरिने वस्तु तथा सबै उद्योगी व्यवसायीलाई एउटै नजरले नहेर्न र भ्रममा नपर्न स्वदेशी उत्पादनलाई माया गर्ने सम्पूर्ण उपभोक्ताहरु प्रति हार्दिक अपिल समेत गरेको सो संघका अध्यक्ष नानीराज घिमिरेले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!