November 20, 2026, 1:28 pm
» मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? » निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली » इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु » जुवातास खेलिरहेका २५ जना पक्राउ » भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत

रूपक र अनिशले ल्याए ‘तिमी छौं र पो म छु’

पुस १५, २०८१ मा प्रकाशित | १८२०४ दर्शक तीव्रखबर

काठमाडौँ । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौं र पो म छु’ सार्वजनिक गरिएको छ ।

शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।

गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन् ।

भिडियोमा मोडल निशु पौडेलको अभिनय छ । पौडेलको अलवा भिडियोमा गायकद्धोय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ ।

यूकेका रमणीय स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियोका छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् ।

लण्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन् ।

गायक पाण्डेले यसअघि अञ्जु पन्त लगायत बिभिन्न चर्चित गायक गायिकासँगको सहकार्यमा ‘सुस्टारी’ लगायत थुप्रै गीत ल्याइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *