December 26, 2024, 11:50 am
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

पुस १०, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं- भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् ।

बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा बुधबार अपरान्ह सोनुले गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।

यो कन्सर्टका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकट राखिएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया