November 29, 2026, 8:49 am
» अमेरिकामा ५ रेक्टर स्केलको भूकम्प, ठूला घर हल्लिँदा मानिस त्रसित » कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति » पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरु जुम्लामा हुने » प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालय अगाडि धर्नामा पत्रकार » इनम सापकोटा प्रकरणले तात्यो राजनीति, संसदीय छानबिन समिति माग्दै कांग्रेस

कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

मंसिर १३, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाली कांग्रेसले स्थगित जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको छ ।

कांग्रेस सभापति गगन थापाले आइतबार जिल्ला र प्रदेश अधिवेशनको मिति घोषणा गरेका छन् । जसअनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते गर्ने तयारी गरिएको छ । हिमपातको सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाको अधिवेशन मंसिरमै सम्पन्न गर्ने तयारी गरिएको सभापति थापाले बताए ।

शनिबार पार्टीको केन्द्रीय निर्वाचन समितिसँग यसबारे छलफल गरिएको उनले उल्लेख गरे । हिमाली जिल्लाका सभापतिहरूसँगको छलफलपछि मात्र अधिवेशनको मिति औपचारिक रूपमा घोषणा गरिने उनले स्पष्ट पारे ।

पहाडी तथा तराईका जिल्लामा भने आउँदो पुस ४ र ५ गते अधिवेशन गर्ने कांग्रेसको तयारी छ । सम्बन्धित जिल्लाका कार्यसमितिहरूसँग छलफल गरेपछि अधिवेशनको मिति घोषणा गरिने थापाले बताए ।

कांग्रेसका प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । सभापतिसहित केन्द्रीय नेतृत्व प्रदेश अधिवेशनमा सहभागी हुने भएकाले फरक–फरक मितिमा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए ।

कांग्रेसले सुरुमा असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर पार्टीभित्रको विवाद र बाढीपहिरो प्रभावित जिल्लाको अवस्थाका कारण तल्लो तहको अधिवेशन पटक–पटक सार्दै अन्तत: केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *