November 28, 2026, 4:51 pm
» दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने » नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु » भीरबाट खसेर १५ वर्षीय अङ्कित बेपत्ता » इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला » गृहमन्त्री सुधन गुरुङले मंसिर १७ मा गोरखामा परम्परागत विवाह गर्ने

झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका व्यक्ति पक्राउ

मंसिर १२, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन् ।

जुम्लाको गुठिचौर गाउँपालिका–१ की करिब १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै भिडियोमा देखिएका सोही स्थानका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मंसिर १२ गते दिउँसो १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रोकायालाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *