November 15, 2026, 5:46 am
» प्रधानमन्त्री शाहद्वारा छठ पर्वको अवसरमा शुभकामना, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध » छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा » छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए » पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना » अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए

कार्तिक २९, २०८३ मा प्रकाशित | २२०४ दर्शक तीव्रखबर

काठमाडौँ– अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ ।

छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अर्घ्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो ।

छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले सुनाए ।

कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए । यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।

यसैबीच, पर्साका छठघाट  पनि दुलहीझै सिँगारिएका छन् । यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ ।

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रुपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए। छठ व्यवस्थापनका लागि रु २६ लाख विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *