तीव्रखबर
काठमाडौँ । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो अनुशासनात्मक कारबाहीको प्रक्रियामा परेका छन्। पोर्चुगिज फुटबल महासङ्घले अक्टोबर ९, २०२६ मा अनुशासनात्मक अनुसन्धान अघि बढाउने निर्णय गरेसँगै उनीमाथि अस्थायी निलम्बन लगाइएको हो।
महासङ्घका अनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक महत्त्वबारे छानबिन गर्न कारबाही प्रक्रिया सुरु गरिएको हो। रोनाल्डोमाथि यसअघि लागू स्वतः निलम्बनको व्यवस्थाबाहेक थप अस्थायी निलम्बन लगाउने निर्णय गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धान प्रक्रियालाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता पनि महासङ्घले औँल्याएको छ।
रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेको विषयमा सार्वजनिक रूपमा माफी माग्दै आफू सजाय भोग्न तयार रहेको सङ्केत दिएका थिए। यद्यपि, उनीमाथि लगाइएको निलम्बनको अवधि र अन्तिम सजायबारे भने निर्णय हुन बाँकी छ।
प्रतिक्रिया