October 11, 2026, 7:12 am
» बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग » तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारीको नमुना अभ्यास » चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै » सुनचाँदीको मुल्य बढ्यो » बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्‍याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

अशोज २४, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

दाङ। जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए ।

तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *