October 1, 2026, 3:18 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार » विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने » उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान » अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ? » स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

अशोज १५, २०८३ मा प्रकाशित | ११०४ दर्शक तीव्रखबर

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षमा घाइते भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् ।

मोदीले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर जोखिमका बीच पनि विमानमा रहेका यात्रुको ज्यान जोगाउन उहाँले देखाउनुभएको साहस र दृढताको प्रशंसा गरेका हुन्।

फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ। सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए। सह–पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए ।

मोदीले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र अटुट सङ्कल्पका साथ यात्रुको जीवन रक्षा गरेकाे उल्लेख गरेका छन् । उनको साहसले ठूलो दुर्घटना रोक्न र सयौँ यात्रुको ज्यान जोगाउन सहयोग पुगेको भन्दै मोदीले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको बहादुरीको प्रशंसा गर्नुभएको थियो। घाइते अवस्थामा समेत उनले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न संघर्ष गरेकाे नेतान्याहुको भनाइ थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका छन्। उपचाररत उनलाई भेट्न उनका अभिभावक साउदी अरेबिया पुगेका छन्।

मच्छरसँग बोइङ–७३७ विमान उडानमा १३ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको र सन् २०२२ देखि फ्लाईदुबईमा कार्यरत रहेको उनको लिङ्क्डइन विवरणमा उल्लेख छ। उनले यसअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा समेत काम गरेका थिए ।

क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताएका थिए। परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उनले बताएका थिए ।

उनले आफ्नो पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उडान क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताए। ‘तनावले कम्तीमा यस उद्योगमा मद्दत गर्ने छैन,’ उनले भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *