October 1, 2026, 3:18 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार » विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने » उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान » अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ? » स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

अशोज १५, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

काठमाडौं, । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ तथा खुद्रा नोट जुनसुकै दिन कार्यालय समयमा साट्न सकिने जनाएको छ । बैंकले नयाँ नोट साट्न विगतको जस्तो छुट्टै मिति नतोक्ने भएको छ। 
राष्ट्र बैंकका अनुसार व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध हुनेछ। यसपालि दसैँमा नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंकले छुट्टै मिति तोक्ने प्रतीक्षा गर्नुपर्ने छैन। नियमित कार्यालय समयमा नै नोट सटही गर्न सकिनेछ।
राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा दिने भएको हो । राष्ट्र बैंकसँग पर्याप्त नोट रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइने भएको छ। नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत वितरण गर्ने राष्ट्र बैंकको योजना छ।
राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ तथा खुद्रा नोट लगेर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्। 
अहिले राष्ट्र बैंकमा नोट सटही गर्न जानेले दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट एक–एक सय थान हुन्छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *