October 1, 2026, 3:17 pm
» नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार » विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने » उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान » अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ? » स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

जटिल प्रसूति समस्या भएपछि धादिङबाट २४ वर्षीया महिलाको हवाई उद्धार

अशोज १४, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

जटिल प्रसूति समस्या सिर्जना भई उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो ।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याइएको छ। हाल उनको आवश्यक उपचार भइरहेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्‍याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समयमै उद्धार, सुरक्षित मातृत्व र जीवनरक्षालाई प्राथमिकतामा राख्दै कार्यक्रमले जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *