September 30, 2026, 12:47 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » बाढी-पहिरोको कहर : ३५ जनाको ज्यान गयो, हजारौँ प्रभावित » आर्थिक कूटनीतिलाई व्यापार र लगानीसँग जोड्न चेम्बर अध्यक्ष अग्रवालको जोड » सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने » सविन-अनुलाई पुत्रलाभ

न्युयोर्कबाट फर्केपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

अशोज १३, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौं, । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बालेन शनिबार बिहान स्वदेश फर्किएका थिए । 
आजको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीपीडित र पछिल्लो वर्षा र पहिरोबाट ज्यान गुमाएका र पीडितलाई दिने राहतबारे निर्णय गर्ने बुझिएको छ । स्रोतका अनुसार आजको बैठकले रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृत्युसरह मान्ने कानुन संशोधनको विषयमा निर्णय गर्ने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *