September 16, 2026, 7:27 am
» मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी » तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै » भोटेकोशी बाढी अपडेट: १ हजार ४०३ जनाको शव फेला » सर्वदलीय बैठक जारी » एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

कृष्णभीरमा ट्रयाक खुल्यो, भोलिदेखि नागढुंगा–मुग्लिन सडकमा पूर्ण रूपमा सवारी सञ्चालन

भदौ ३१, २०८३ मा प्रकाशित | ३०४ दर्शक तीव्रखबर

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

ट्रयाक खुलेसँगै बिहीबारदेखि उक्त सडक खण्डमा सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले ड्रोनबाट खिचिएको कृष्णभीरको पछिल्लो दृश्य सार्वजनिक गर्दै ट्रयाक खोल्ने काम सकिएको जानकारी गराएको छ ।

भदाै १४ गतेदेखि सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा खाद्यान्न, एलपी ग्यास तथा इन्धन आपूर्तिमा समस्या परेको थियो। ट्रयाक खुलेसँगै अब आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *