September 16, 2026, 7:28 am
» मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी » तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै » भोटेकोशी बाढी अपडेट: १ हजार ४०३ जनाको शव फेला » सर्वदलीय बैठक जारी » एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

भदौ ३१, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका दुई समिति अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

त्यस्तै, आज संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान ९ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा शिक्षा मन्त्री, शिक्षा सचिव, कानुन सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशनसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी, विहान ११: १५ बजेदेखि शुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिका पूर्व सभापतिसँग छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *