तीव्रखबर
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको हो।
प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए। अर्को ट्याङ्कर भने घटनास्थलबाट भागेकोमा प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया