September 16, 2026, 7:29 am
» मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी » तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै » भोटेकोशी बाढी अपडेट: १ हजार ४०३ जनाको शव फेला » सर्वदलीय बैठक जारी » एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु

भदौ ३०, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती करिब ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । खुर्पा प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरीले शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान टोलीसहितको टोली खटिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *