September 16, 2026, 7:29 am
» मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी » तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै » भोटेकोशी बाढी अपडेट: १ हजार ४०३ जनाको शव फेला » सर्वदलीय बैठक जारी » एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

भदौ ३०, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका उम्मेदवारको उम्मेदवारी शुल्क र आवश्यक प्रस्तावक तथा समर्थकको संख्या तोकेको छ।

निर्देशिकाअनुसार कांग्रेस सभापति पदका लागि उम्मेदवारी दर्ता गर्दा ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापति पदमा उम्मेदवारी दिन १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, उपसभापति र महामन्त्री पदका उम्मेदवारले उम्मेदवारी दर्ताका क्रममा ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यी दुवै पदका लागि सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ।

पार्टीले केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ र सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ।

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार निर्वाचनसम्बन्धी निर्देशिकामार्फत उम्मेदवारी शुल्कसहित आवश्यक प्रस्तावक र समर्थकको व्यवस्था स्पष्ट गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *