September 11, 2026, 4:12 pm
» प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात » भोटेकोशी बाढीपीडितलाई मधेसको सहयोग प्रशंसनीय : प्रचण्ड » ‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्चमा रिट » अर्थमन्त्री समक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो » ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा

‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्चमा रिट

भदौ २६, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको भन्दै ‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन् । रिटमा ‘ग्रीन आर्मी नेपाल’सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायलाई विपक्षी बनाइएको छ ।
निवेदकहरूले उक्त संस्था सामान्य गैरसरकारी संस्थाभन्दा फरक सैनिक प्रकृतिको संरचनामा सञ्चालन भइरहेको दाबी गरेका छन् । संस्थाले सैनिक शैलीको पोसाक, दर्ज्यानी चिह्न, बुट तथा सञ्चार उपकरण प्रयोग गर्दै सदस्यलाई सैनिक प्रकृतिका दर्जामा विभाजन गर्ने गरेको रिटमा उल्लेख छ ।
भोटेकोसी क्षेत्रमा उद्धारका क्रममा संस्थाका सदस्य नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक र चिह्नसहित देखिएपछि सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित संस्था भएको भ्रम सिर्जना हुन सक्ने भन्दै निवेदकहरूले आपत्ति जनाएका छन् । रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *