September 11, 2026, 12:36 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भदौ २६, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ ।

चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो ।

बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।

करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *