September 11, 2026, 12:43 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

ग्यास दिन सक्नुहुन्न भने दाउरा खोजेर भात पकाएर खाओ भनिदिनुस्’-आशिका तामाङ

भदौ २६, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै तामाङले आफूलाई दैनिक हजारौँ फोन ग्यास नपाएको गुनासोसहित आउने गरेको बताइन्।

‘मलाई दिनमा हजारौँ फोन आउँछन्। पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भनेर गुनासो आउँछ,’ उनले भनिन्, ‘यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो भयो। यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र?’

ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ थियो।

‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस्। यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजेर भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस्,’ उनले भनिन्।

ग्यास अभावको समस्या समाधान गर्न पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नभएको पनि तामाङले बताइन्। बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि नयाँ उद्योगमन्त्रीमा वालेन्द्र शाहले दीपककुमार साहलाई नियुक्त गरेका थिए।

‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ,’ तामाङले भनिन्।

उनले मन्त्री परिवर्तन गर्दैमा ग्यास अभावको समस्या समाधान नहुने भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *