September 11, 2026, 12:43 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

सुनको मूल्य तोलामा ४,८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

भदौ २६, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

काठमाडौं, । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४,८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँले घटेर ४,६०० रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४,८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *