September 12, 2026, 1:20 pm
» प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात » कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो » नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल » सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते » बेपत्ताको खोजीमा प्रहरीको विशेष अपरेसन : ‘टिमुरेदेखि त्रिवेणीसम्म’

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, जलेर एक जनाको मृत्यु

भदौ २६, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

चितवन, । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–९ बसन्तचोकमा शुक्रबार बिहान एक ईभी (विद्युतीय) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा बिहान करिब ६ बजे सर्भिस लेनमा गुडिरहेका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
आगलागीको सूचना पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र पूर्ण रूपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ भने मृतकको पहिचान हुन बाँकी छ। घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *