तीव्रखबर
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् ।
काठमाडौँमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिज्मले आयोजना गरेको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित क्षितिज’ विषयक कार्यक्रममा मन्त्री खनालले मुख्य सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले नेपाल र चीनबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आपसी विश्वास र मित्रतामा आधारित सहकार्य आवश्यक रहेको बताएका थिए । उनले दुई देशबीच हिमालपारि सम्पर्क विस्तार, विपद् व्यवस्थापनमा संयुक्त प्रयास, व्यापारमा सन्तुलन तथा प्रविधिको क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया