September 11, 2026, 11:55 am
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

चीनबाट नेपाललाई आपत्कालीन राहत सामग्रीको चौथो खेप आइपुग्यो

भदौ २३, २०८३ मा प्रकाशित | ८०४ दर्शक तीव्रखबर

काठमाडौँ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

चौथो खेपमा उद्धार कार्यमा प्रयोग हुने पानीमा चल्ने डुंगा, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने चिस्यान यन्त्र तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीहरू रहेका छन्।

नेपालमा बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर चीनले उक्त सहयोग पठाएको जनाइएको छ।

उपलब्ध गराइएका सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा त्यसपछिको व्यवस्थापन कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *