September 11, 2026, 11:54 am
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसेपछि रजौलवासी आन्दोलित

भदौ २३, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसेपछि जनकपुरधामका रजौलवासी आन्दोलनमा उत्रिएका छन्।
गुठी संस्थानको उक्त कदमको विरोधमा स्थानीयवासीले जनकपुरधामस्थित पिडारी चोकमा चक्काजाम गरेका छन्। स्थानीयले सरकार पक्षबाटै नागरिकका मौलिक अधिकारको उल्लंघन हुन थालेको आरोप लगाएका छन्।

नेपालको संविधानले नागरिकलाई खाद्य, आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आन्दोलनकारीले ती अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले खाद्य सम्प्रभुता, आवास तथा जीविकोपार्जनसँग सम्बन्धित आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

स्थानीयवासीले बस्ती हटाउने वा डोजर चलाउने प्रक्रिया तत्काल रोक्न, नागरिकका मौलिक अधिकारको सम्मान गर्न तथा आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *