October 21, 2026, 2:11 am
» दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे » आईजीपी कार्कीले गरे बडादसैंको मौलो पूजा, प्रहरी हवल्दारद्वय पुरस्कृत ! » जनताको ज्यान जोखिममा, सरकार बेखबर : मृत्युको पासो बन्दै अग्ला संरचना ! » दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

भदौ १२, २०८३ मा प्रकाशित | ७००४ दर्शक तीव्रखबर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।

सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको सरकारका प्रकाशबहादुर रावलले जानकारी दिए।

साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ ।

यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *