November 21, 2024, 11:11 am
» बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

नयाँ उपन्यास ”उत्सर्ग” बजारमा

माघ १३, २०७७ मा प्रकाशित | ४३९०दर्शक तीव्रखबर

सानु शर्मा द्वारा लिखित उपन्यास आजबाट बजारमा आएको छ । लेखकको यसअघि “एकादेशमा” कथा संग्रह पनि सांग्रीला बुक्सबाट प्रकाशित छ ।
उपन्यासमा वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको बिसयलाई मुख्य कथावस्तु बनाएको छ । अभिभावकले यौटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नु पर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजिव तवरले उपन्यास ‘उत्सर्ग’ मा लेखकले प्रस्तुत गर्नुभएको छ | सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ | मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ | र, एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चाताप यो उपन्यासले बखान गरेको छ ।

पुस्तक देशका प्रमुख पुस्तक पसलमा उपलब्ध छ ।

प्रतिक्रिया