तीव्रखबर
काठमाडौं, लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत अशिष्ट टिप्पणी र गालीगलौज गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले चितवनका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरको बाडेगाउँबाट पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक एवं साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार, गायिका चौहानले अश्लील र आपत्तिजनक कमेन्ट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै राईलाई पक्राउ गरिएको जनाइएको छ।
अहिले अदालतबाट म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
एलिना चौहानले विगतदेखि सामाजिक सञ्जालमा आफूविरुद्ध हुने दुर्व्यवहारका विरुद्ध आवाज उठाउँदै आएकी छन्। उनले अशिष्ट कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्दै सचेतना फैलाउने प्रयास समेत गरिरहेकी छन्।
प्रतिक्रिया