September 19, 2024, 10:04 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी

साउन १३, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।

दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४ लाई ध्यानमा राखेर गर्नुपर्ने कुराहरूलाई ध्यान दिनुपर्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् ।

हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ । सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’

पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।

नव प्रवेशीहरूले पनि इमान्दारिकताका साथ जनताका निम्ति काम गर्न उनले आग्रह गरिन् ।

‘जसले अनुशासित भएर जनताका निम्ति काम गर्छ उ नै भोली गएर नेता हुने हो । जनताको बिचमा जो पपुलर हुन्छ त्यो व्यक्ति नै नेता बन्छ ।

तर हामीले बाह्य प्रतिस्पर्धा हुँदा आन्तरिक कुरालाई बिर्सेर एक भएर लाग्नुपर्छ’, उनले भने ।

समाजवादको आधार बनाउँदै जानुपर्ने भन्दै उनले नेकपा एमाले नेतृत्वको राष्ट्रिय सरकार बनेकाले यसले केही स्थायित्व पाउने विश्वास व्यक्त गरे ।

‘नेपालभित्र धेरै कम्युनिस्ट पार्टीमध्ये राष्ट्रियताको मुद्दा बोकेर राष्ट्र बनाउने दिशामा जाने पार्टी नेकपा एमाले नै हो ।

एमालेले समाजवादको आधार तय गर्छ । त्यसका निम्ति कम्तीमा पनि सरकारले स्थायित्व पाउनुपर्छ’, उनी भन्छन् ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रोहित कार्की, राम देव यादवको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया