October 20, 2026, 5:46 am
» दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु » नवरात्रको अन्तिम दिनः आज महानवमी » दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो

साउन ११, २०८१ मा प्रकाशित | २८१०४ दर्शक तीव्रखबर

 काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ डा. थापाले भनिन् ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।

उनलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । बिरामीका आगन्तुकलाई भेट्न दिइएको छैन ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पु¥याइएको थियो ।

डा. थापाका अनुसार उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *